Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

साइन गरेका तीनै चलचित्र नबनेपछि नीति मुम्बई लागिन्


सारांश

साइन गरेका तीनै चलचित्र  नबनेपछि नीति मुम्बई लागिन्
images

काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह अभिनय सिक्न र जीवनलाई थप ‘एक्सप्लोर’ गर्न भन्दै मुम्बई उडेकी छन् ।

साइनको हिसाबले नीतिको पहिलो चलचित्र‘हुतुतु’ र त्यसपछि ‘एक्स नाइन’ हो । पछिल्लो साइनिङ चलचित्र ‘क्यामिनो’का लागि उनले वर्कसप पनि गरिन् । तर विविध कारणले चलचित्र तत्काल नबन्ने भएपछि पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह अभिनय सिक्न र जीवनलाई थप ‘एक्सप्लोर’ गर्न भन्दै मुम्बई उडेकी छन् ।

नीतिले इन्स्टाग्राममा एक स्टोरी पोस्ट गर्दै पछिल्लो समय भनेजस्तो नभएको परिस्थिति र यसबीचमा मुम्बई जानुपर्ने कारण खुलाएकी छन् । उनी लेख्छिन्, ‘सन् २०२१ मा मैले चलचित्रको शीर्ष भूमिकामा काम गर्ने मौका पाएकी थिएँ । मेरो लागि यो ठूलो कुरा थियो किनभने म आरामदायी र निजी जीवनबाट बाहिर आउने एक संक्रमणकालीन समयमा थिएँ । मैले सोचेजस्तो हुँदैन भन्ने कुरा समयसँगै मैले बुझें ।’

उनी अगाडि लेख्छिन्, ‘मैले साइन गरेका प्रोजेक्ट धकेलिंदै जान थाले र समय बर्बाद गर्दैछु भन्ने मलाई लाग्यो । मैले नेपाली फेसनमा काम गरेको १० वर्ष पूरा भएको छ । फिल्ममा काम गर्नु मेरा लागि त्यो भन्दा विशेष कुरा हो । यसकारण मैले सीप र आत्मविश्वास विकास वृद्धिका लागि काम गर्नुपर्छ भन्ने ठानें । मैले नेपालमा अभिनय कक्षा पनि लिएँ । यसले मलाई धेरै सघायो तर मैले धेरै कुरा सिक्नु र बुझ्नुपर्नेछ । यसकारण मैले अभिनय स्कुल ज्वाइन गरें र केही समय मुम्बईमा रहनेछु । भिन्न सहरमा जानु भनेको नयाँ चुनौती र उत्साहपूर्ण हुन्छ । यसतर्फ अघि बढ्छु ।’

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij