सारांश
काठमाडौं । पैसा थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका छन्। बैंकिंङ प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ।
मुद्दती निक्षेपसँगै बचतको हिस्सा पनि बढ्दै गएको र बचतको पैसा पनि मुद्दती निक्षेपमा ट्रान्सफर हुने क्रम बढेकाले बचत र मुद्दती निक्षेप दुवैको ब्याज घटाउनुको विकल्प नभएको बैंकर्स संघका एक प्रतिनिधिको भनाई छ।
उनकाअनुसार औषतमा कर्जाको लागत ८ प्रतिशत (कस्ट अफ फण्ड) भएकाले त्यसमा राष्ट्र बैंकले दिएको साढे ४ प्रतिशतको मार्जिनमा रहेर कर्जा दिँदा दिंदा पनि कर्जाको ब्याज एकल अंकमा नआउने भएकाले अहिलेलाई बचतको ब्याज घट्ने गरि निर्णय लिनुपर्नेमा छलफल भईरहेको छ।
नेपाल बैंकर्स संघले असारको लागि ब्याज स्थिर राख्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहेको छ।