Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

युट्यूबबाटै हटाइयो पल शाहको अन्तर्वार्ता, बचाउमा ज्योती मगर


सारांश

युट्यूबबाटै हटाइयो पल शाहको अन्तर्वार्ता, बचाउमा ज्योती मगर
images

काठमाडौं । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्किएपछि सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा पलले दिएको अन्तर्वार्ता यति आलोचित र विवादित बन्यो कि कान्तिपुर टेलिभिजनले उक्त अन्तर्वार्ता युट्यूबबाटै हटाउनुपर्यो ।

अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए । आफूले दिएको अन्तर्वार्ता विवादित बनेपछि र चारैतिरबाट आलोचनाको सिकार भएपछि पलले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लामो स्टाट्सपछि अहिले केही कलाकारहरुले पनि उनको पक्ष वा विपक्षमा तर्क गर्न थालेका छन् । 

गायिका ज्योती मगर लेख्छिन्, ‘हिजो पल शाह नम्बर वान स्टार हुँदै गर्दा, उनले त्यहीँ काण्डवाला मिटिङमा बोल्दै गर्दा रेकर्ड गरिएको अडियो सार्बजनिक गर्नको लागि पैसाको डिल गर्नेहरु आज पललाई फेरी जिरोमा झार्नु पर्छ है भनेर लागेका छन् । बाँकी आफूलाई विवेकी ठान्नेहरु पनि ब्यक्तिगत रिस साँध्दै छन। अरुको त के कुरा गर्ने ?’

‘मिन्स भएन भन्दिउ ? झोला बोकाएर दाङ लखेटौं ? के गरौं ? यो गरौं, उ गरौं ? भन्दै जाल बुनेका कुराहरु पनि हामी सबैले सुनेकै हो क्यारे’, उनले जोडेकी छन् ।

पल जेलबाट रिहा हुँदै गर्दा र चर्को लाइमलाइटमा परिरहँदा अन्तर्वार्ता दिन नमानेकाले उनलाई गिराउन पीडितको आँसु बेचेर अन्तरवार्तालाई भाइरल गराएको उनको आरोप छ । उनले लेखेकी छन्, ‘कठै हाम्रा मिडिया । लागिपर्नुस केही छैन । तपाईंहरुले बेच्ने त हेड्लाइन नै त हो । कानुनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ? ओ म्याथ सिक्नेहरु १’

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij