सारांश
काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।
पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।
शनिबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णबहादुर महराले नयाँ सरकार बनाउन सबै विकल्पमा पार्टी खुला रहने बताएका थिए। तर महासचिव गुरूङले भने अहिले गठबन्धनबाहेक अन्य केही विकल्पमा छलफल नगरिएको दाबी गरेका छन्।