सारांश
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र केन्द्रमा आइपुग्ने गरी विवरण पठाउन निर्देशन दिएको हो । समिति संयोजक आनन्द ढुंगानाले तल्ला तहमा रहेका समितिहरुलाई विवरण बुझाउन आइतबार निर्देशन दिइएको जानकारी दिए ।