Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कलाकार सारुक मृत्यु प्रकरण : ‘ह्यासट्याग माया’का निर्देशक र निर्मातासँग बयान लियो प्रहरीले


सारांश

कलाकार सारुक मृत्यु प्रकरण :   ‘ह्यासट्याग माया’का निर्देशक र निर्मातासँग बयान लियो प्रहरीले
images

काठमाडौं । कलाकार सारुक ताम्राकार मृत्युको अनुसन्धानका क्रममा प्रहरीले निकटस्थहरुसँग बयान लिन सुरु गरेको छ ।

रातोपुलको शहीद मार्गस्थित आफ्नै घरमा मृत भेटिएका ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेकाहरुसँग बयान लिएर प्रहरी वृत्त, मालीगाउँले घटनाको अनुसन्धान गरिरहेको हो ।

त्यसक्रममा सारुकले मृत्यु हुनुअघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिएको छ । ‘बाहिर विभिन्न खाले टिकाटिप्पणी र प्रश्नहरु आएका छन्, त्यो विषयमा पनि उहाँहरुसँग सोधपुछ हुन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यो नियमित प्रक्रिया हो ।’

 सारुक असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यसैबीच कलाकारहरुले ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij