Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सारुक आत्महत्या प्रकरण : बिहान ५ बजेसम्म रेप सिनको शुटिङ, ११ बजेसम्म यहि विषयमा विवाद, अनि...


सारांश

सारुक आत्महत्या प्रकरण : बिहान ५ बजेसम्म  रेप सिनको शुटिङ, ११ बजेसम्म यहि विषयमा विवाद, अनि...
images

काठमाडौं । चलचित्र ‘ह्यासट्याग माया’ को असार २० गते बिहिबार बिहान ५ बजेसम्म छायांकन गरिएको थियो ।

दृश्यमा नायक सारुक ताम्राकारले नायिका नम्रता श्रेष्ठलाई रेप गर्नुपर्ने थियो । सो दृश्यको छायांकनका क्रममा नम्रताले आफूलाई केही गाह्रो भएको भन्दै चलचित्रको अधिकांश सुटिङ यूनिटलाई सेटबाट हटाउन भनेकी थिइन् । सारुककै आग्रहमा निर्देशक, छायांकारसहितको ६ जनाको टिम मात्र बसेको थियो । 

तर, दृश्य सकिएपछि नम्रताले यही बिषयमा विवाद झिकिन् । बलात्कारको दृश्यको क्लाइमेक्स खिच्ने क्रममा आफूले यूनिटलाई सेटबाट हटाउन भनेपनि नहटाएको, आफूलाई असहज भएको कुरा नवुझेको बिषयमा नम्रताले सारुकसँग विवाद झिकेकी थिइन् । सो विवाद सुटिङ सेटमा केही समय भयो । यसपछि सारुक, नम्रता र  रोयदिप श्रेष्ठ बुढालिनकण्ठमा रहेको घरमा पुगे ।

 बिहान ११ बजेसम्म यही बिषयमा सारुक र नम्रताबिच बादबिबाद भएको थियो । निर्देशक राजिव गुरुङ ले एक अन्तरवार्तामा सारुकले आत्महत्या गरेको दिन छायांकनका क्रममा नायिका नम्रता श्रेष्ठसँग बादबिबाद भएको खुलाइसकेका छन् ।

नम्रतासँग बिबाद भैसकेपछि निराश भएर सारुक रातो पुलस्थित आफ्नै घरमा पुगेका थिए । सोही दिन बेलुकी सारुकले आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए । 

यसैक्रममा सारुक आत्महत्या प्रकरणमा प्रहरीले सोधपुछ तथा बयान सुरु गरेको छ । सारुकसँग निटक रहेका व्यक्तिहरूसँग प्रहरीले सोधपुछ तथा बयान सुरु गरेको हो । निर्देशक गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिएको प्रहरी वृत्त मालिगाउँले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij