Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

'ऐंचो पैंचो' को 'काले केटाले' गीत सार्वजनिक


सारांश

'ऐंचो पैंचो' को 'काले केटाले' गीत सार्वजनिक
images
काठमाडौं । निर्माताबाट निर्देशक बनेकी कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र 'ऐंचो पैंचो' को गीत सार्वजनिक भएको छ।

बिहीबार 'ऐंचो पैंचो' मा समावेश 'काले केटाले' बोलको गीत सार्वजनिक गरिएको हो। आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला र एलेक्स विश्वकर्माको नृत्य छ। एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन्। 

kale kta1690450614.jpg

यो चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ। 

363846635_265733852823350_8662958285286816589_n.jpg

कृषाको यो डेब्यू निर्देशित चलचित्र हो। उनले यसअघि ‘इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँस’ जस्ता चलचित्र निर्माण गरेकी थिइन्।

यो चलचित्र भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij