सारांश
काठमाडौं । डिशहोमका इन्टरनेट प्रयोगकर्ता तीन लाख पुगेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिई वि.सं. २०७७ देखि सेवा सुरु गरेको डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक कम्पनीले हालै यो आँकडा पार गरेको हो । यसै अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई धन्यवाद दिएको छ ।
हाल डिशहोम फाइबरनेट देशका सात प्रदेशका २८ बढी जिल्लामा विस्तार भएको छ । कम्पनीले इन्टरनेट विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिँदै आएको सापकाेटाकाे भनाइ छ ।
हाल डिशहोमले फाइबरनेट अन्तर्गत सिक्सजी राउटर सहित ७५, १००, १५०, २००, २५०, ३०० र ६०० एमबीपीएसको प्याकेज पनि उपलब्ध गराएको छ ।