सारांश
काठमाडौं । चलचित्र हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले चलचित्रको कमाइ सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ । व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र संघबाट प्रेषित पत्र प्राप्त भएको बताए । ‘उहाँहरुले अर्काको धनसम्पतिको विवरण सार्वजनिक गर्न मिल्दैन भनेर पत्र लेख्नुभएको छ,’ अध्यक्ष केसीले सँग भने, ‘हामी बैठक बसेर उहाँहरुको पत्रको उपयुक्त जवाफ दिनेछौं । यसबारे कानुनी प्रावधान के छ त्यो पनि बुझ्छौं ।’
चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि चलचित्रको कलेक्सन सार्वजनिक गरिरहेको छ । मन्त्रालयसँग समन्वय गरेर कमाइ सार्वजनिक गरिरहेको बोर्डको भनाइ छ । बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो ।