सारांश
काठमाडौं । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
लेखक तथा निर्देशक गणेशदेव पाण्डेका अनुसार सातजना पात्रको सम्बन्धको वरिपरि घुमेको छ । चलचित्रका पात्रहरूलाई रत्नपार्कले जोड्ने उनले बताए ।
चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समिरमणि दीक्षितलगायतको अभिनय छ ।