Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेपालमा डेंगी संक्रमितको संख्या साढे नौ हजार, नौजनाको मृत्यु


सारांश

नेपालमा डेंगी संक्रमितको संख्या साढे नौ हजार, नौजनाको मृत्यु
images

डेंगी संक्रमितको संख्या नेपालमा यो वर्ष साढे नौ हजार पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो अवधिमा नौजनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij