Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री


सारांश

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री
images

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको दाबी गरेका छन्।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताए। नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै उनले व्यापार व्यवसायका लागि नेपाल विदेशभन्दा सबै किसिमले राम्रो रहेको दाबी गरे।

‘अहिले कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर, यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij