Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नेयमार अल हिलालमा आबद्ध


सारांश

नेयमार अल हिलालमा आबद्ध
images

एजेन्सी । ब्राजिली स्टार फरवार्ड नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट साउदी प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन् ।

क्याटलान क्लब बार्सिलोनाका पूर्व फरवार्ड ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा अल हिलालमा आबद्ध भएका हुन् ।

‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन् ।’ नेयमारले थपे, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्काे गन्तव्य हो ।’

नेयमार साउदीमा आउनुअघि करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रो लिगका चर्चा चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij