Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भदौ २६ देखि ‘नाडा अटो सो’ हुँदै, २० अर्बको कारोबार हुने अपेक्षा


सारांश

भदौ २६ देखि ‘नाडा अटो सो’ हुँदै, २० अर्बको कारोबार हुने अपेक्षा
images

काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसियसन अफ नेपालले १५औँ संस्करणको टाटा मोटर्स जेनुइन आयल ‘नाडा अटो सो’ आयोजना गर्दै छ । 

उक्त प्रदर्शनी भृकुुुुटीमण्डपको प्रदर्शनीस्थलमा भदौ २६ देखि ३१ गतेसम्म प्रदर्शनी चल्ने छ । प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड रहेको छ । 

प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । 

“आर्थिक सुस्तताले टोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०२३ले बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आयोजकको ठम्याइ रहेको छ,”, नाडाले जारी गरेको विज्ञत्तिमा भनिएको छ, “सँग–सँगै नेपाली महान चाड–पर्वहरूको पूर्वाधारमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ ।” 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले उल्लेख गरेको छ । उक्त अटो सोमा २० अर्बको कारोबार हुने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij