सारांश
काठमाडौं । सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरू (पे टिभी) मा अलाकार्ट मूल्य प्रणाली पूर्ण कार्यान्वयनमा ल्याएको छ ।
राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने च्यानलहरुले लिनसक्ने शूल्क मन्त्रालयले निर्धारण गरेको छ ।