सारांश
काठमाडौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुख्य श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको फितलो कूटनीतिक भूमिकाबारे प्रश्न उठाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्या र त्यसको समाधानका केन्द्रित भएर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग आयोजना गरेका अन्तरक्रियामा श्रम मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरुसँग थुप्रै असन्तुष्टि जनाएको छ ।
विशेषगरी परराष्ट्र मन्त्रालयमार्फत हुने कमजोर समन्वय र दूतावासबाट मागपत्र प्रमाणीकरणमा भइरहेको ढिलाइमा श्रम मन्त्रालयले औपचारिक रुपमै प्रश्न उठाएको छ ।बैठकमा सहभागी अधिकारीहरुका अनुसार श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले प्रस्तुत गरेको श्रम आप्रवासनका सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणामा थुप्रै प्रश्न र त्यसमा खेल्नुपर्ने भूमिकाबारे उल्लेख छन् ।