सारांश
एजेन्सी । एप्पलले आईफोन १५ बजारमा ल्याएको छ।
एप्पलका प्रमुख टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्मकै उत्कृष्ट र शक्तिशाली आईफोन हुने बताएका छन् ।
आइफोन १५ र १५ प्लसमा थप उन्नत स्क्रिन र क्यामेरा सिस्टम हुनेछ । जबकि महँगो आईफोन १५ प्रो र प्रो म्याक्समा टाइटेनियम फ्रेम हुनेछ जसले फोनलाई थप बलियो बनाउनेछ । प्रो र प्रो म्याक्समा म्युट स्विचको सट्टामा ‘एक्सन बटन’ हुनेछ, जुन विभिन्न फङ्सनका लागि तपाईंको आवश्यकता अनुसार सेट गर्न सकिन्छ ।
नयाँ एप्पल वाचमा जेस्चर कन्ट्रोल पनि हुनेछ । घडी लगाएको हातमा दुई औँलाले ट्याप गर्दा घडी लगाउनेले फोन उठाउन र काट्न सक्नेछन् । धेरै विज्ञहरू यो पनि विश्वास गर्छन् कि यी नयाँ उत्पादन र पुराना उत्पादनबीच धेरै भिन्नता नहुँदा पनि ग्राहकहरू यी नयाँ उत्पादनका लागि उच्च मूल्य तिर्न तयार हुनेछन् ।
बेलायतमा आइफोन १५ प्रोको मूल्य ९९९ पाउन्ड अर्थात् एक लाख ६४ हजार रुपैयाँ हुनेछ ।