सारांश
एजेन्सी / अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।
समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ।