Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

१९ औं एसियाली खेलकुद समाप्त, कुन देशले कति पदक जिते? (सूचीसहित)


सारांश

१९ औं एसियाली खेलकुद समाप्त, कुन देशले कति पदक जिते? (सूचीसहित)
images

काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करण समापन भएको छ।

चीनको हाङझाउमा सेप्टेम्बर २३ (असोज ५ गते) देखि सुरू भएको १९ औं एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको नतिजा सार्वजनिक भई आज समापन भएको हो।

एसियाली खेलकुदमा कुल ४५ देशका १२ हजार खेलाडी सहभागी थिए। उनीहरूले  ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

तीमध्ये ४१ राष्ट्रले पदक जितेका थिए। दक्षिण एसियाली मुलुकहरू भुटान, माल्दिभ्स,  यमन र टिमोर लिस्टेले पदक जित्न सकेनन्।

एसियाली खेलकुदमा चीनले सबैभन्दा बढी २०१ स्वर्णपदक जितेको छ। उसले १११ रजत र ७१ कास्य गरी ३८३ पदक जितेर शीर्षस्थानमा रह्यो। एसियाली खेलकुदमा नेपाललाई करातेमा एरिका गुरूङले रजत पदक र महिला कबड्डी टोलीले कास्य पदक दिलाए।

देश स्वर्ण रजत कास्य जम्मा पदक 
 चीन २०० १११ ७१ ३८२
जापान ५१ ६६ ६९ १८६
दक्षिण कोरिया ४२ ५९ ८९ १९०
भारत २८ ३८ ४१ १०७
उज्बेकिस्तान २२ १८ ३१ ७१
चाइनिज ताइपेइ १८ २० २८ ६६
इरान १३ २१ १९ ५३
थाइल्याण्ड १२ १४ ३२ ५८
बहराइन १२ ३ ५ २०
उत्तर कोरिया ११ १८ १० ३९
कजाखस्तान १० २१ ४७ ७८
हङकङ ८ १६ २९ ५३
इन्डोनेशिया ७ ११ १८ ३६
मलेसिया ६ ८ १८ ३२
कतार ५ ६ ३ १४
युएई ५ ५ ९ १९
फिलिपिन्स ४ २ १२ १८
किर्गिस्तान ४ २ ९ १५
साउदी अरब ४ २ ४ १०
सिंगापुर ३ ६ ७ १६
भियतनाम  ३ ५ १९ २७
मंगोलिया ३ ५ १३ २१
कुवेत ३ ४ ३ १०
ताजाकिस्तान २ १ ४ ७
मकाउ  १ २ २ ५
श्रीलंका १ २ २ ५
म्यानमार १ ० २ ३
जोर्डन ० ५ ४ ९
तुर्किमिनिस्तान ० १ ६ ७
अफगानिस्तान ० १ ४ ५
पाकिस्तान ० १ २ ३
ब्रुनाई ० १ १ २
नेपाल ० १ १ २
ओमन ० १ १ २
लाओस ० ० ३ ३
बंगलादेश ० ० २ २
इराक ० ० २ २
कम्बोडिया ० ० १ १
लेबनान ० ० १ १
प्यालेस्टाइन ० ० १ १
सिरियन अरब रिपब्लिक ० ० १ १

एसियाली खेलकुदको २० औं  संस्करण जापानमा हुनेछ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij