Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कांग्रेस संसदीय दलको निर्वाचन सुरु


सारांश

कांग्रेस संसदीय दलको निर्वाचन सुरु
images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो ।  

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा केही समय ढिलो गरी मतदान सुरु भएको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए । संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । मोबाइल लैजान नपाउने विषयमा सहमति भए पछि मतदान सुरु भएको हो । 

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij