सारांश
एजेन्सी । गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् ।
इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका बताइएको छ ।