सारांश
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।