Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

रिडी पावर : तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध मुद्दा दायर


सारांश

रिडी पावर : तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकविरूद्ध मुद्दा दायर
images

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपाने र कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालविरूद्ध मुद्दा दायर गरेको छ । 

न्यौपानेले आफू अध्यक्ष हुँदा कार्यकारी निर्देशक नेपालसँग मिलेर कम्पनीको सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ आर्जन गरेका थिए ।

न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म इन्साइडर ट्रेडिङ गरेको विभागले जानकारी दिएको छ ।

कम्पनीका कार्यकारी निर्देशक नेपालले न्यौपानेलाई सहजीकरण गरिदिएका हुन् । उनीहरू दुईजनाको मिलेमतोमा एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को कसुर गरेको पनि विभागले जनाएको छ ।

न्यौपानेलाई एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ बिगो कायम गरी यो बिगोको दोब्बर जरिबाना, कसुरको मात्राअनुसार कैद सजाय गर्न माग गरिएको छ ।  त्यस्तै, ऐन विपरीतका काम गर्न सहयोग गर्ने कार्यकारी निर्देशक नेपाललाई पनि न्यौपानेले पाउने सजायको आधा सजाय माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij