सारांश
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
संसदीय दलको नेता चयन भएसँगै सरकार गठनको विषयमा देउवा र प्रचण्डबीच छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन । देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन् ।