Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चार्ल्स शोभराज 'डिपोर्ट'


सारांश

चार्ल्स शोभराज 'डिपोर्ट'
images

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि जेलमुक्त भएका सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ। 

उनलाई डिपोर्ट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्। 

शोभराजलाई शुक्रबार साँझको फ्लाइटबाट फ्रान्स पठाउन लागिएको हो। यस्तै अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको कुमारीले बताइन्।

बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij