सारांश
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला आज प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ ।
भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
देउवा पुस ६ मा संसदीय दलको नेता निर्वाचित भएका थिए।
उनले दल नेता भएपछि पहिलो पटक सांसदहरूसँग छलफल गर्न लागेका छन्।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। राष्ट्रपतिले सरकार निर्माण गर्न दलहरूलाई दिएको समय आइतबार सकिँदैछ।