सारांश
काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ ।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।