Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध


सारांश

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध
images

एजेन्सी। पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न  नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले सो कुराको जानकारी दिएको हो । अधिकारीहरूका अनुसार इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ । जसका लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको भएपनि उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij