Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सानो आकारको मन्त्रिपरिषद् आजै गठन, नारायणकाजी उपप्रधानमन्त्री


सारांश

सानो आकारको मन्त्रिपरिषद् आजै गठन, नारायणकाजी उपप्रधानमन्त्री
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने बताएका छन् । 

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “आज सानो मन्त्रालय आजै गठन हुन्छ ।”

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij