Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा


सारांश

पाकिस्तानको आम चुनाव २०२४ को अन्तिम नतिजा घोषणा
images

एजेन्सी। पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ ।

राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरुले १०१ सिट, पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले ७५ सिट प्राप्त गरेको छ ।

पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरेको छ । मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेशनल पार्टीले दुई–दुई सिट पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij