सारांश
काठमाडौं । नेपाल ए ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा-११ सँग खेल्नेछ ।
दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार व्यहोरेको थियो ।
नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो । नेपाल ए मा राम्रो प्रदर्शन गर्ने खेलाडी सिनियर टोलीमा पर्नेछन् । सिनियर टोलीको ब्याकअप हो । पहिलो पटक आधिकारिक रुपमा नेपाल ए टोली बनेको पनि हो ।