सारांश
सङ्घीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका मूलभूत सिद्धान्तहरू सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएमा सरकारमा सहभागी नहुने बताएको छ ।
संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने पार्टीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।