Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डेंगी नियन्त्रणको गतिलाई हेर्दा सरकारले कोभिडबाट सिकेको देखिएन : गगन थापा


सारांश

डेंगी नियन्त्रणको गतिलाई हेर्दा सरकारले कोभिडबाट सिकेको देखिएन : गगन थापा
images

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे । कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो । काठमाडौंमा सीमित रहेको डेंगी रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

1645967621_gaganthapa-1200x560_20220427161919.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij