Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

वी विल कम ब्याक : देउवा


सारांश

वी विल कम ब्याक : देउवा
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अधिकांशले गठबन्धन टुट्नुको कारणबारे सोध्ने गर्छन्। देउवाले धेरै विश्वास गर्दा र पार्टी केन्द्रीय कार्यसम्पादनको निर्णयअनुसार कांग्रेसकै नेतृत्वमा सरकार बनाउन खोज्दा यो परिस्थिति आइपरेको जवाफ दिने गर्छन्।

गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।

त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, बिचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। ’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij