सारांश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन गठबन्धन जोगाउन भूमिका खोज्दा सभापति शेरबहादुर देउवाले आवश्यक पर्दा बोलाउने जवाफ दिएको बताएका छन् । बुधबार कांग्रेस मुख्यालय सानेपामा महामन्त्री थापाले गठबन्धन सफल भएको भए पनि आफूहरुले टुटाउन खोजेको आरोप खेपिरहेको हुने बताए ।
“पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने ? टेलिफोन गर्दा के के काम गर्नुपर्छ भनेँ । भएका सूचना र अवस्थाको ब्रिफिङ गरेँ । म पर्यो भने बोलाउँछु भनेपछि गर्ने के ?,” थापाले प्रश्न गरे - दुर्घटनामा पर्न सकिने कुरा विश्लेषण भएको र सभापति देउवाले परेको बेला बोलाउने भन्ने जवाफ पाएपछि पछि हटेको थापाले बताए । “हस्तक्षेप भनेको के गर्ने ? त्यहाँ गएर नाँच्ने, उफ्रने हो कि ? नारा लगाउने हो ?,”