सारांश
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज स्थगित भएको छ ।
साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक भोलि ११ बजे बस्न लागेको हो ।
भोलि बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।