Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

२०२४ मा यात्राका लागि उत्कृष्ट देशको सूची


सारांश

२०२४ मा यात्राका लागि उत्कृष्ट देशको सूची
images

एजेन्सी । वर्ल्ड इकोनोमिक फोरमले सन् २०२४ मा यात्रा र पर्यटनका लागि उत्कृष्ट देशको सूची निकालेको छ ।

जसमा एक नम्बरमा अमेरिका रहेको छ । त्यसैगरी, क्रमैसँग स्पेन, जापान, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, बेलायत, चीन, इटाली र स्वीजरल्यान्ड सो सूचीमा रहेका छन् ।

सो सूचीको मापदण्ड पूर्वाधार, प्राकृतिक स्रोत, दीगोपन, श्रमिकको उपलब्धतालगायका आधारमा तय गरिएको जनाइएको छ ।

वर्ल्ड इकोनोमिक फोरमले ३० देशको सूची सार्वजनिक गरेकोमा ११ नम्बरदेखि क्रमैसँग क्यानडा, पोर्चुगल, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रिया, नेदरल्याण्ड्स, डेनमार्क, युनाइटेड अरब इमिरेट्स, स्वीडेन, फिनल्याण्ड, ग्रीस, इण्डोनेसिया, बेल्जियम, आयरल्याण्ड, न्युजिल्याण्ड, ब्राजिल, पोल्याण्ड, लक्जेम्बर्ग, टर्की र साइप्रस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij