Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भारतमा लोक सभा निर्वाचनको मतगणना हुँदै, को होला भावी प्रधानमन्त्री ?


सारांश

भारतमा  लोक सभा निर्वाचनको मतगणना हुँदै, को होला भावी प्रधानमन्त्री ?
images

एजेन्सी । भारतमा लोकसभा निर्वाचनको परिणाम आज मंगलबार सार्वजनिक हुँदैछ । 

५४२ लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको छ । सूरतको एउटा निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी(भाजपा)का उमेदवार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

भारतका मुख्य चुनाव आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी १९ अप्रिलदेखि १ जुन सम्म विभिन्न सात चरणमा भएको मतदानका क्रममा कूल ९६ दशमलब ८ करोड मतदाता मध्ये ६४ दशमलब २ करोडले मतदाताको अधिकार प्रयोग गरेको जनाएका  छन् । सो मतदानमा ३१ दशमलब २ करोड महिला मध्ये औसतमा  ५८ दशमलब ५८ प्रतिशतले मतदान गरेको आयोगको तथ्यांक छ । 

निर्वाचनमा १ दशमलब ५ करोड सुरक्षाकर्मी सामेल भएको र ६८ हजार मानिसको निगरानी टोली बनाइएको थियो । 

आजको मतगणना सकिएपछि भारतको भावी प्रधानमन्त्री को हुने भन्ने कुराको टुंगो लाग्नेछ । यसअघि गरिएका एक्जिट पोलमा  नरेन्द्र मोदी नै तेस्रो कार्यकाल प्रधानमन्त्री हुने पूर्वानुमान गरिएको छ । यद्यपि विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले एक्जिट पोल अस्वीकार गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij