सारांश
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ ।
लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नागरिकता प्रयोग गरी दल दर्ता गरेको, निर्वाचनमा सहभागी भएको लगायतका आरोप लगाएर युवराज पौडेल (सफल) लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ । अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ ।