Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मोदीले प्रधानमन्त्रीको तेस्रो कार्यकालका आइतबार शपथ लिने


सारांश

मोदीले प्रधानमन्त्रीको तेस्रो कार्यकालका आइतबार शपथ लिने
images

एजेन्सी । नरेन्द्र मोदी भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने तयारीमा छन्।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्।

मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति नै गरिसकेका छन्।

उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमै थिए।

भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।

मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ। भाजपा, जनता दल (युनाइटेड) र टिडिपीको समर्थनले मात्र मोदीलाई प्रधानमन्त्री बन्न बहुमत पुग्दैन। एनडिए भित्रकै थप दलको साथ पनि मोदीले लिन खोजेका छन्।

प्रधानमन्त्रीमा दाबी गरेर मोदीले आइतबार नै शपथ लिन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij