Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी नहुने


सारांश

लामिछानेको  मुद्दामा अन्तरिम आदेश जारी नहुने
images

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

संवैधानिक इजलासमा शुक्रवार भएको सुनुवाईपछि अन्तरिम आदेश दिन नपर्ने भनिएको हो । रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । सो रिटमाथि थप सुनुवाई लागि माघ ११ गतेको पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij