Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘प्रचण्ड’ले विश्वासको मत लिने समयमा देउवा र नेपालबीच भेट


सारांश

‘प्रचण्ड’ले विश्वासको मत लिने समयमा देउवा र नेपालबीच भेट
images

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ।

धुम्बाराहीस्थित देउवा निवासमा करिब एक घण्टा भएको छलफलमा समसामयिक विषयमा कुरा भएको नेपालले बताए । तर नयाँ गठबन्धन बनाएर अघि बढ्नेबारे कुरा नभएको बताएका छन् ।

तत्कालीन गठबन्धन टुटेर नयाँ राजनीतिक समीकरण बनेसँगै भएको देउवा र नेपालबीच याे पहिलाे भेट हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन् । देउवा र नेपालबीचको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij