सारांश
काठमाडौं । लोकसर्जक एलपी जोशीको बिहीबार साँझ झापा दमकमा निधन भएको छ। गायक जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो।
'रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो' भन्ने गीतमार्फत नेपाली संगीत प्रेमीको मनमा बस्न सफल गायक जोशीको 'वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर हो रानाज्यू' भन्ने गीत लोकप्रिय छ।
धनकुटा जिल्लाको ६ नम्बरको बीच बजारमा १९९३ सालमा जन्मिएका जोशीले २०१३ सालमा राष्ट्रिय गीत रेकर्ड गरेर रेडियो नेपालबाट गायन यात्रा आरम्भ गरेका थिए।