काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएई र द अरनिको इन्टरटेनमेन्टको आयोजनामा "नेपाल आईडल विद स्ट्याण्ड अप कमेडी लाईभ इन दुबई २०२४" हुने भएको छ। गन्तव्य ट्राभल एवं टुरिजमको प्रस्तुति यो कार्यक्रम अन्नपूर्ण टाइपिङ्को सहकार्यमा आयोजना गर्न लागिएको हो।
दर्शकहरुको व्यापक सहभागिताको अपेक्षा गरिएको यस कार्यक्रममा नेपाल आईडल सिजन-५ का विजेता करण परियार, फष्ट रनरअप सलोमी गुरुङ र सेकेण्ड रनर अप सचिन विश्वकर्माले आफ्नो प्रस्तुति दिने भएका छन् ।
नेपाल आइडलका यस सिजनका विजेताको विदेशी भूमिमा यो नै पहिलो प्रस्तुति हो। साथै कार्यक्रममा कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले हास्य प्रस्तुति दिनेछन् ।
इनास दुबई अध्यक्ष एम. डि. बोहरा
कार्यक्रमलाई भव्य बनाउन एक महिना अघि देखि नै व्यापक प्रचार-प्रसार थालिएको थियो। "कार्यक्रमलाई सफल पार्न हामी एक महिना अघि देखि नै प्रचार प्रसारमा जुटेका छौं।" आयोजक इनास दुबईका अध्यक्ष एम. डि. बोहरा भन्छन् , "आईडलको पहिलो कार्यक्रम भएकोले पनि यो कार्यक्रम सफल हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।"
कार्यक्रम आगामी अगष्ट ४ तारिखका दिन क्लब एस. के. सेभेन बरदुबईमा हुँदैछ ।