Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रः उपमहासचिव पुन


सारांश

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रः उपमहासचिव पुन
images

५ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग रहेको आरोप लगाएका छन् ।

नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले भनेका छन्, ‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम ।’

राष्ट्रपतिको कदमलाई उनले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गरेका छन् । ‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो ।’

1600325053_barsaman.webp
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij