Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ


सारांश

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र  ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् ।

शनिबार दिउँसो अनामनगरस्थित द म्युजिक इरा रेकर्डिङ स्टुडिओमा पुगेर उनले चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाको दृश्यका लागि स्वरांकन गरेका हुन्। 

यो चलचित्रमा ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन्। 

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । 

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा ,आरजु अधिकारी,आरजु लेखक, सुरवीर पण्डित, सुनील कटुवाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij