Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना


सारांश

देश छाडेर भागिन्  बंगलादेशकी प्रधानमन्त्री हसिना
images

एजेन्सी । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

उनले देश पनि छोडेकी छन् । तर, कहाँ गइन समाचारमा खुलाइएको छैन । उनको राजीनामाको माग गर्दै विद्यार्थीहरुले आइतबारबाट सुरु गरेको आन्दोलनका क्रममा एकै दिन करिब १०० जनाको मृत्यु भएको थियो ।

यसैबीच हसिनाले राजीनामा दिएलगत्तै प्रदर्शनकारी उनको निवास प्रवेश गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सामान उनीहरुे उठाएर लगेको बीबीसीले जनाएको छ ।

 आइतबारको घटनापछि बंगलादेशमा कर्फयु लागेको छ भने तीन दिन सार्वजनिक विदा दिइएको छ । इन्टरनेट पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij