Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राजेश हमालको कमब्याक : ‘नरसिंहा अवतार’


सारांश

राजेश हमालको कमब्याक : ‘नरसिंहा अवतार’
images

काठमाडौं ।  निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी चलचित्रको नाम घोषणा गरिएको छ ।

निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम घोषणा गरेको हो । चलचित्रको नाम ‘नरसिंहा अवतार’ राखिएको छ ।

थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायाँमा रातो (आगो) र दायाँतर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।
 
नरसिंहाको अर्थ, भगवान् विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दश अवतारमध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । 
 
rajesh_hamal1.jpg
दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले । नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनुपरेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान् नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रस्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाइमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

लामो समयको अन्तरालपछि यही चलचित्रबाट राजेश हमाल कमब्याक गर्दैछन् । यो चलचित्र प्रतिक्षित बन्ने निश्चित छ ।

निर्देशक भट्टराई निर्देशित चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij