काठमाडौं । धरानबाट एक मात्र सहभागी प्रतियोगी अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ ।
चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई अग्रिम बधाई तथा शुभकामना दिनेको लर्को लागेको छ । निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतिर्ण गरेर धरान उच्चबाट +२ पास गरेर इटहरी अन्तर्राष्ट्रिय कलेजबाट आईटीमा ब्याचलर गरेका छन ।
चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईले पनि उनको फोटो शेयर गर्दै भोटको लागि अपिल गरेका छन । उनको बिचारमा ३८ प्रतिस्पर्धा मध्ये हेन्डसम र डायनमिक प्रसनाल्टी भएको आदेशनै छन । चलचित्र क्षेत्रमा उनलाई स्वागत गर्दै आगामी दिनमा उनलाई जस्तो सहयोग गर्नु परेपनी गर्न तयार रहेको बताउछन । अहिलेका चर्चित निर्देशक मिलन चाम्स ले उनको फोटो शेयर गर्दै उनलाई जितको शुभकामना व्यक्त गरेका छन । भोलिको दिनमा चलचित्र क्षेत्रको एउटा राम्रो संभावना बोकेको नायकको रुपमा आदेश आउने सक्ने बिचार व्यक्त गर्दछन । निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली संग धेरै चलचित्र निर्देशकहरुले आदेशको चर्चा गर्न थालेका छन । धेरै निर्देशकको आखामा आदेश परि सकेको छन । केही समयमा उनलाई चलचित्रमा खेलाउनको लागि निर्देशकहरुको होडनै चल्ने बताउछन । निर्देशक रमेश बुढाथोकी, निर्देशक दिपाश्री निरौला, नायिका मिरुना मगर, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक रिशी लामिछाने, ओएसआर का प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव घिमिरे निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत अन्य धेरैले उनलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर गरेका छन । महानायक राजेश हमाल लाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव पनि गरि सकेका छन । अन्य धेरै निर्देशकहरुले म्युजिक भिडियो र केहिले चलचित्रमा डेव्यु गराउनको लागि आदेशका बुवा अरुण प्रधानलाई संग सल्लह पनि गरिसकेको कुरा प्रधान बताउछन ।

अहिले मिस्टर नेपालको प्रतिस्पर्धा सकियोस त्यस पछि केही आवश्यक तालिम गराएर अझ पोख्त बनाएरनै यो क्षेत्रमा अघि बढाउने कुरा उनी बताउछन । कोशी प्रदेशबाट पनि धेरैले उनलाई शुभकामना व्यक्त गरेका छन । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाकमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मिहरुले उनलाई शुभकामना व्यक्त गरेका छन । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्पर्धा सहभागी भएका छन । अहिले उनिहरुको विभिन्न चरणको तालिम चली रहेको छ । मुख्य प्रशिक्षकको रुपमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन ।
यसको ग्रान्ड फिनाले यहि अगस्त २४ (भाद्र ८) गते सोल्टी होटलमा आयोजना हुन गैरहेको छ ।